कोरोनाका कारण विश्वविद्यालयमा पठनपाठन बन्द
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २१:५५:१९
६ चैत, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनबमोजिम चैत मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी विश्वविद्यालयअन्तर्गतका क्याम्पसको पठनपाठन, परीक्षालगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिनुभयो । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० आङ्गिक क्याम्पस छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार