काेरानाविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्छ,सांसद
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:११:१९
६ चैत, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा विपद्का घडीमा सरकार र कुनै पार्टीविशेषका नभनी भाइरसको सम्भावित खतराबाट बच्नका लागि विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले आफूहरुको भूमिकालाई पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोपीबहादुर अछामीले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न सरकारको पूर्वतयारी स्वागतयोग्य रहे पनि यतिले मात्रै चुनौतीको सामना गर्न नसकिने भएकाले सरकार, राजनीतिक दल र जनता सबैले एकताबद्ध भएर पहलकदमी लिन जरुरी भएको बताएका छन् । सांसद अछामीले सरकार, सदनलगायत सबैले जिम्मेवारीका साथ आआफ्नो स्थानबाट भूमिका बहन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि अपनाएको पूर्वतयारी र स्वास्थ्य सतर्कता सकारात्मक छ भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकार तथा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
नेकपाकै नैनकला ओझाले भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले विशेष सावधानी अपनाउँदै खुला सिमानालाई समेत निश्चित अवधिका लागि बन्द गर्नुपर्ने बताएका छन् । सोही पार्टीका जगप्रसाद शर्माले कोरोनाविरुद्धको साझा अभियानमा सबै राजनीतिक दल र जनताको साथ र सहयोग लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
नेकपाकी कोमल वलीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारवाहीको माग गरे । सोही दलका भैरवसुन्दर श्रेष्ठले विदेशबाट फर्काइएका नेपालीलाई स्वदेश प्रवेश गर्दा स्वास्थ्य सुरक्षालगायत विषयमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।
नेकपाकै तुलसाकुमारी दाहालले स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता भए पनि दक्षता, क्षमता र योग्यतामाथि प्रश्न उठाइएको भन्दै गुनासो गरेका छन् । सोही दलकी डा विमला पौडेलले विदेशबाट फर्किएका नेपालीको स्वास्थ्य परीक्षणको अवस्था तथा कतारले हालै फर्काएका नेपालीको अवस्था के छ भन्ने जानकारी दिन सभाध्यक्षमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेकपाकी उदया शर्मा पौडेले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि हालको असमान वितरण प्रणालीलाई सुधार गरिनुपर्छ भन्दै मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गराउनेतर्फ सरकारको ध्यान जान जरुरी भएको बताएका छन् । नेपाली काँग्रेसका तारादेवी भट्टले भारतले नेपाली भूमि लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा देखाउँदै आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेको र हालै कञ्चनपुरको बेलौरीलगायत स्थानमा समेत भूमि अतिक्रमण गरेकाले तत्काल कूटनीतिक माध्यममार्फत समस्या समाधान गर्न सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार