राष्ट्रियसभामा प्रमाण विधेयक पुनःपारित
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:१७:५७
६ चैत, काठमाडौ । राष्ट्रियसभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ । राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकाे थियो ।
बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ‘सातै प्रदेशमा सम्पन्न अन्तक्र्रिया/स्थलगत अध्ययन कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरेको छ । त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री डा तुम्बाहाङ्फेले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ पेश गरेका छन् ।
यसैबीच बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिका सम्बन्धमा प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार