त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५३ जना विदेशी फिर्ता
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:२९:५
६ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ ।
त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई ‘अन अराइभल भिसा‘ अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयले जनाएको हो । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।
त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई ‘अन अराइभल भिसा‘ अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयले बताएकाे छ ।
शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई ‘अन अराइभल भिसा‘ नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय निर्णय भएयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्।
उक्त निर्णय भएयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार मार्च १५ देखि कार्यान्वयन भएको नयाँ व्यवस्था पालना नगरेका ५३ जनालाई विमानस्थलबाट फिर्ता गरिएको छ। स्वाब टेस्टको प्रमाणपत्र नल्याएकोमा विमानस्थलबाट फिर्ता गरिएका ४४ विदेशी नागरिक चीन, इटली, हङ्कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका रहेको छन् ।
त्यसैगरी अन अराइभल भिसा नदिने निर्णय अनुसार द नेदरल्याण्ड्स, चीन, फ्रान्स, इजरेल, चेक गणतन्त्र र ब्रिटेनका नागरिकलाई फिर्ता गरिएको छ । मार्च १५ यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत् बुधवारसम्म तेस्रो देशबाट १७४ जना र भारतबाट ६०६ जना नेपाल आएका उनले बताए। बुधवार अन्तराष्ट्रिय विमानस्थलमार्फत् अन्तराष्ट्रिय विमानका चालक दलका सदस्यसहित जम्मा २२ जना मात्रै यात्रु नेपाल भित्रिएका थिए।
भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुका हकमा भने स्वास्थ्य जाँचको प्रमाणपत्र हालसम्म हेर्ने व्यवस्था लागु नगरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जानकारी दिएको छ । यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षबाट सन् २०१९ मा दैनिक औसतमा ११ हजारभन्दा बढी यात्रुहरूको आवतजावत हुने गरेको थियो । त्यसमध्ये दैनिक ६ हजारभन्दा बढी नेपालबाट बाहिरिने र ५ हजार १ सयभन्दा बढी नेपाल भित्रिने गरेको जनाइएको थियो।
गत शुक्रवार जारी गरिएको सूचनामा अध्यागमन विभागले मार्च १४ तारिखबाट नेपाल भित्रिने विदेशीहरूले दुई सातासम्म स्वयं क्वारान्टीनमा बस्नुपर्ने भनेको थियो। तर त्यसको कार्यान्वयन र अनुगमनको ताजा अवस्थालाई लिएर प्रश्नहरू उठिरहेका छन्।
यता सरकारले शुक्रवार मध्यरातिबाट लागु हुने गरी १५ एप्रिलसम्म युरोपका सबै मुलुक, पश्चिम एशिया लगायत खाडी देशहरू इरान, टर्की, मलेशिया तथा दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुको नेपाल आगमनमा प्रतिबन्ध लगाउने निर्णय बुधवार गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार