पाँच तारे होटलदेखि केबुलकार लगायत ठमेलका होटलहरु बन्द हुन थाले
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:३७:५८
६ चैत्र, काठमाडौं । सरकारले गत शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल लगायतलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेसंगै काठमाडौंका पाँचतारे होटलहरू पनि बन्द हुन् थालेका छन् ।
कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन पाँच तारे हायात होटल आगामी ६ साताका लागि बन्द गर्ने निर्णय ब्यवस्थापनले गरेको छ । नेपाल सरकारले पर्यटक भिसा पनि दिन बन्द गरेपछि खस्किदै गएको होटल ब्यवसाय धमाधम बन्द हुन थालेका हुन् । त्यस्तै अर्को पाँच तारे होटल सोल्टीले पनि दुईवटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। अर्को होटल र्याडिसन पनि भोलि सञ्चालक समितिको बैठक बसेर बन्द गर्ने पक्षमा छ। अन्य पाँचतारे होटलले पनि ब्यवसाय बन्द गर्ने तयारी गरिरहेका छन् ।
सरकारले अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको र सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेपछि चन्द्रागिरि केवालकार पनि बन्द गर्ने तयारी भइरहेको छ भने मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ।
सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई रोक लगाएको छ। सर्वसाधारण नागरिकहरुलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको गरेसंगै सबैतिरको ब्यबसायमा असर पर्दै गएपछि ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द हुने थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार