धेरैपछि बजार समालिन खोज्दा आजको बजार बिश्लेषणले के देखायो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
चैत ६, २०७६ बिहिबार २३:५४:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-5_4DMLF6enoM.png)
६ चैत्र , काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक १३ दशमलव ५० अंकले वृद्धि हुँदै बजार १२६९ दशमलव ३० मा पुगेको छ । पहिरो जाने क्रम आज रोकिएको छ । आज दोश्रो बजार १ दशमलव ०८ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ९० करोड बराबरको शेयर कारोवार भएको छ ।
आजको बजार वृद्धि हुँदा कारोवार रकम पनि वृद्धि भएको छ, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ तर धितोपत्र बोर्डले कोरोना भाइरसको कारणले ब्रोकर कार्यालयमा सावधानी अपनाउन सूचना निकाले पनि कारोवार भने रोक्ने विषयमा कुनै निर्णय गरको छैन। कारोवार बन्द गर्न धेरै लगानीकर्ताले माग गरे पनि धितोपत्र बोर्डले त्यसो गरेन। आज शेयर बजार बन्द हुने हल्लासंगै लगानीकर्ताले उत्सुक हुँदै शेयर खरिद गरेका थिए।
बजारले २ बजेर ०५ मिनेटमा १२७९ दशमलव ०१ को उच्च विन्दु समातेको थियो भने बजारले ११ बजेर १४ मिनेटमा १२२३ दशमलव ०४ को न्युन विन्दु समातेको थियो ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा १ दशमलव २३ प्रतिशतको वृद्धि आउँदा बजारले सकारात्मक गति समातेको छ । आज जीवन बीमा उपसुचकमा सर्वाधिक २ दशमलव ०८ प्रतिशतको वृद्धि आउँदा फाईनान्स उपसुचकमा १ दशमलव ०२ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ।
हेरौं आज सर्वाधिक कारोवार हुने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १२८० पहिलो टेवा : १२६०
- बजार लगभग तिन सातादेखि घट्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले बजारको घट्दो प्रवृत्तिमा “इन्भर्टेड ह्यामर” को चित्र बनाएको छ। यसले अब बजारमा खरिदकर्ताको चाप हुन सक्ने जानकारी गराउँदछ।
- दैनिकी अवधिमा “आरएसआई” ३७ दशमलब ४४ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स” तथा जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १२८० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२६० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार