वाग्मती प्रदेश नेकपाको मुख्य सचेतकमा पाण्डे
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:५८:२२
६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेको हो । नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छुन् । विसं २०४० मा तत्कालीन अनेरास्ववियु नुवाकोट अध्यक्ष बन्नुभएका पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बनेका थिए ।
पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव बन्नुभएको थियो । तत्कालीन नेकपा (एमाले)को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव हुनुहुन्थ्यो । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचौ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि थिए ।
यसअघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार