प्रेस युनियनको महाधिवेशन स्थगित
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार ०:२९:३४
६ चैत्र, काठमाडौं । नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन भएकाे छ ।
युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचना अनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछिकाे एक महिनाभित्रै छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
साथै युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार