डडेल्धुरामा आधा दर्जनभन्दा बढी गाईको पासो लगाएर बध
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार ०:४७:४४
६ चैत, डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो ।
देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरू गरेको छ । पाँचवटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याबिन तारको दुईवटा खाली पासो भेटिएका छन् ।
मारिएका गाई दुई वर्षभित्रका रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुराका पशुसेवा प्राविधिक शेरबहादुर थापाले जानकारी दिएका छन् । मरेका गाईहरुलाई स्याल, कुकुर तथा गिद्धलेसमेत खाएको अवस्थामा देखेपछि स्थानीयवासीको जानकारीको आधारमा घटना आज सार्वजनिक भएको हो ।
गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले सात वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान छ । आज बिहान स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधि, पशुसेवा प्राविधिक र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् ।
प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार