एक करोड पक्की कुलो बन्दै, किसान रमाउँदै
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १४:५०:१०
७ चैत,काठमाडौं । दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी छन् । उमेरले ६५ वर्ष नाघिसकेका उनि ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउने गर्थे । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उनले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ ।
हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो सोहोर्नसमेत उनलाई धौधौ भएको थियो । तर अहिले उनको त्यो समस्या हटेको छ । उनलाई लाग्छ समय फेरिएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कच्ची कुलो, पक्की बनिसक्यो । अचेल पक्की नाली बनेको देख्दा उनिमा खुशीको सीमा बढेको छ । “गाउँगाउँमा सिँचाइका लागि पक्की कुलो बन्दैछ । यस्तो सुखको दिन आउलाजस्तो लागेको थिएन”, किसान चौधरी फिस्स हाँस्दै भने, “जुन गाउँ जाँदा पनि पक्की नाली बनेको देख्छु, देशमा साँच्चिकै विकास हुँदैछ भन्ने अनुभूत भएको छ ।” उनको आफैँ बनाएर सिँचाइ गर्नुपर्ने एक बिघा जमिनमा अहिले सिँचाइ पुगेको छ ।
दङ्गीशरण–५ कुमलगडीका सूर्यदास चौधरी ६१ वर्षका भए । १२ वर्षको उमेरदेखि नै उनिको खेती किसानीमा दैनिक बितेको थियो । “वर्षा शुरु हुनेबित्तिकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्यो अब पक्की नाली बन्दैछ । कुलो लाग्ने समस्याबाट मुक्ति पाइने भयो”, उनले भने । दङ्गीशरण–४ मौलीका मित्रलाल रावल उमेरले ७५ वर्ष काटे । गाउँपालिका नजिकै बनेको नाली हेर्दै हिँडिरहेका उनले भने, “छोरानातिका दुःखका दिन गए”, साठी वर्ष अगाडिको दुःख सम्झँदै उनले भने, “हामी त फरुवा कुटो, कोदालो हातले चलाएर काम ग¥यौँ, फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ, अहिले सबै बाटा, कुलो नाली पक्की बन्दैछन् । सुखका दिन आउँदैछन् ।”
दङ्गीशरण वडा नं ५ मिरौलीमा कुलो निर्माणमा हेकुलीकी सीता चौधरी र रविता चौधरी काम गरिरेहको भेटिइन् । उनिहरु दैनिक नौ घण्टा खेतबारीमा काम गर्दछन् । ठेकेदारले आठ घण्टा काम गर्ने भने पनि कुलो निर्माण छिट्टै सकिएला भनेर उनिहरु नौ घण्टा काम गरेको बताउछन् । पक्की कुलो बनाउने काम छिट्टै सकिएपछि वर्षा शुरु हुँदा कुलो लाग्नुपर्दैन । पानी चुहिएर कुलोको पानी खेर जाने समस्या पनि छैन ।
दङ्गीशरण गाउँपालिका वडा नं ३ स्थित हेकुलीगाउँमा सिँचाइ सुविधा पु¥याउनका लागि पक्की कुलो निर्माण जारी छ । प्रदेश सरकारको रु एक करोड ६५ लाख लागतमा पक्की कुलो निर्माण भइरहेको छ । तीन हजार ३०० मिटर लम्बाइको पक्की कुलो निर्माणपछि हेकुलीगाउँका करिब डेढ सय घरधुरी सिँचाइ सुविधा लिन सक्नेछन् ।
निर्माणाधीन सो कुलो ८० सेन्टिमिटर चौडाइ र ६० मिटर अग्लो रहेको निर्माण व्यवसायी ईश्वर पुनले जानकारी दिए । विसं २०७६ माघमा जलजला निर्माण सेवा घोराही दाङसँग २०७७ माघमा निर्माण सक्ने गरी सम्झौता गरे पनि यही असार मसान्तमा निर्माण सकिने उनले बताए । सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीका अनुसार दङ्गीशरणमा विसं २०७४/७५ मा पाँच स्थानमा पक्की कुलो निर्माण भएका छन् । विसं२०७५/७६ मा १० गरी जम्मा १५ पक्की कुलो निर्माण सम्पन्न भइसकेको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाका सबै वडामा करिब दर्जन बढी पक्की कुलो बन्ने प्रक्रियामा रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार