७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल आज बाट सन्चालनमा
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १६:४५:५०
७ चैत, चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले आजदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिइन् । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ । अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उनले बताइन् । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।
महानगरपालिका प्रमुख दाहाललसंयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक श्यया ल्याइएको जानकारी दिए । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उनले बताए । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाका हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा अधिकारीले जानकारी दिए । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार