सीमामा उच्च सतर्कता
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १७:३४:२६
७ चैत, सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ ।
गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ । सोका लागि गाउँपालिकाअन्तर्गतको सबै निकायमा आज स्यानेटाइजर र प्रचार सामग्री पठाइएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । सबै वडामा बिहीबारबाट माइकिङमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको छ ।
जनस्वास्थ्य आपतकालीन व्यवस्थापन उपसमितिको बैठकले तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई सङ्क्रमण निवारण गरी दुई श्ययाको निगरानीकक्ष तयारी गर्ने निर्णय गरेको छ । वडा नं १ बेल्ही भन्सारमा रहेको स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।
माघ २५ गतेदेखि सञ्चालन गरिएको सहायता कक्षमा आजसम्म करिब दुई हजार ५०० जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक मण्डलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार