हिसानले पाँच हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने

नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १७:५१:१२

७ चैत, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ ।
हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरी सिलवालले जानकारी दिए । उनले ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने बताए ।
हिसानले सङ्क्रमणबाट बच्ने उपायको सचेतना तथा अन्य आवश्यक कार्यका लागि सरकारी निकाय र अन्य संस्थासँग समन्वयका लागि आफ्ना जिल्ला कार्यसमितिलाई पनि आग्रह गरेको छ । सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम बन्द भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार