कोरोना प्रभाव : गैँडा गणना स्थगित
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १९:१:५१
७ चैत चितवन । चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए ।
उनका अनुसार गैँडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, कुनै सभा सम्मेलन तथा गोष्ठी गर्न रोक लगाएको छ । अर्को सूचना नआउँदासम्म गैँडा गणना कार्य स्थगन भएको उनले जानकारी दिए । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भएकाले कोरोनाको त्रास घटेसँगै गणना गर्न सकिने बताए । गणनाका लागि आज र भोलि तालिमसमेत राखिएको थियो । रुपाखेतीका अनुसार गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घटेसँगै गणना हुनेछ ।
विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो । गैँडा गणनाका लागि चैत महिना अत्यन्तै राम्रो भए पनि विशेष परिस्थितिका कारण गैँडा गणना स्थगन गर्न बाध्य भएको विभागले जनाएको छ ।
विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच-पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ ।
सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैँडाको सङ्ख्या नगण्य छ । प्राकृतिक कारणले चितवन निकुञ्जमा गैँडा मर्ने क्रम बढ्दै गइरहेको छ । यस वर्ष हालसम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार