बेसार उद्योगका लागि बीउ पूँजी वितरण
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २०:१३:७
७ चैत, पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ स्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाले बेसार उद्योग सञ्चालनमा ल्याउने उद्देश्यका साथ ५०७ किलोग्राम बेसारको बीउ वितरण गरेको छ ।
संस्थाका शेयर सदस्यलाई उत्पादनसँगै जोड्दै उनीहरूको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ बेसार उद्योग सञ्चालन गर्न लागिएको संस्थाका व्यवस्थापक कर्णकुमारी महतले जानकारी दिइन् । संस्थामा हाल ६७१ जना शेयर सदस्य रहेको जानकारी दिँदै उनीहलाई आयआर्जनमा जोड्नका लागि उद्यमशिलको विकास गर्ने सोच राखिएको बताइन् । उत्पादनका दृष्टिले पोखरा महानगरपालिका वडा नं ३३ का अधिकांश भूभागमा बेसारको राम्रो खेती हुने गरेको छ ।
हरेकको घरघरमा प्रत्येक दिन खानका परिकारमा मसलाका रुपमा अनिवार्य प्रयोग हुने बेसार महत्वपूर्ण औषधिका रुपमा समेत लिइन्छ । उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको अवस्थालाई दृष्टिगत गरी बेसार उद्योग सञ्चालन गर्न लागिएको महतले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार