हिमायलको सबै अन्तर्राष्ट्रिय उडान स्थगित,आज राती अबुदाबीको अन्तिम उडान
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २०:२६:१३
७ चैत, काठमाडौं । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेका छन् ।
निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो । कम्पनीले आज राती अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनैपनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिए ।
हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो ।
निगमको अधिकांश उडान स्थगित
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अधिकांश अन्तर्राष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो ।
निगमले छिमेकी मुलुक भारतका तीनसहित छ देशका नौ गन्तव्यमा नियमित उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर तथा मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, हङ्कङ, जापानको नारिता, युएईको दुबई र कतारको दोहा गन्तव्यमा निगमले नियमित उडान भर्दै आएको छ ।
कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित देशले अन्य मुलुकका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा केही समयका लागि रोक लगाएकाले निगमले ती देशका गन्तव्यको उडान धमाधम स्थगन गर्न लागेको हो । निगमले आगामी आइतबारदेखि भारतका सबै तीन गन्तव्यको उडान स्थगन गर्ने तयारी गरेको छ । भारतले ट्राभल एड्भाइजरी जारी गरिसकेकाले २२ मार्च २०२० देखि भारतका गन्तब्यको उडान स्थगन गरिने निगमले जनाएको छ ।
निगमले यसअघि बिहीबार जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगन गरेको थियो । आज रातिदेखि लागू हुनेगरी निगमले दुवै गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । त्यस्तै निगमले गत चैत ४ गते क्वालालम्पुरको उडान स्थगन गरेको थियो । बैंकक र हङ्कङ गन्तव्यको उडान भने अहिले स्थगन गर्ने योजना नरहेको निगमले उल्लेख गरेको छ ।
यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ । निगमले यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार