४८ घण्टामा तीन लाखले छोडे काठमाडौं
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २१:४७:१३
७ चैत, काठमाडौं । कोरोना भाइरसकाे संक्रमण डरका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हाे । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।
महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले काेराेना भाइरसका कारण स्कुल-कलेज बन्द तथा बढी भीडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौं उपत्यकाबाट एकलाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिएका छन् । बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।
ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौं छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए । केही दिनअघिसम्म काठमाडौं छाड्नेभन्दा काठमाडौं भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौं छाड्नेको सङ्ख्या बढी देखिएको अनुमान गरिएकाे छ ।
बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भीडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार