के तपाई घर फर्किँदै हुनुहुन्छ ? भाडादर बारे जानकारी लिनुस् नत्र ठगीमा पर्नुहाेला
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २२:४५:७
७ चैत, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा त्रास बढेसंगै यतिबेला काठमाडौं उपत्यका सुनसान बनेको छ । सरकारले स्कुल-कलेज बन्द तथा बढी भीडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसंगै एसईई परीक्षासमेत स्थगित भएपछि अहिले काठमाडौं छोडेर घर जानेको एयरर्पाेट तथा बसपार्कमा घुइचो बढेपछि काठमाडौं सुनसान बनेको हो ।
ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार त्रासबीचमा काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा दुईलाख ९५ हजार ५ सय २१ जनाले उपत्यका छाडेका छन् ।यतिबेला स्कुल कलेज बन्द भएपछि राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् ।
काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा टिकटमा कालोबजारी समेत सुरू भएकाले यात्रुले बढी भाडा तिनुपर्ने समस्या देखिन थालेपछि यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादर बारे पूर्व जानकारी राखेर टिकट काट्न जान सबै यात्रुहरुलाई अनुरोध गरेको छ ।
डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, पुरानो बसपार्क र सुन्धारामा अनुगमन बढाएको छ ।
ट्राफिक प्रहरीले सर्वसाधारण यात्रुहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए र नलिएको हेर्ने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गरिरहेका छन् ।
हेर्नुस यस्तो छ, सबै सवारी रूटको भाडादर :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार