अस्थायी रुपमा लकडाउनको तयारी
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २३:३:१६
७ चैत, काठमाडौं । विश्वव्यापी आतंक बनेको कोभिड–१९ अर्थात कोरनाभाइसरले नेपाली जनजीवनसमेत आक्रान्त बनाउन थालेको छ । सरकारले पछिल्ला दिनमा गर्न थालेका निर्णय र दिएका निर्देशनले जनमानसमा संन्त्राश बढाउन थालेको छ ।
यसबाट जोगिन सरकारले अस्थायी रुपमा देश लकडाउन गर्ने तयारी गरेको स्रोतले बताएको छ । चैत ५ गते साँझ अकस्मात एसईईलगायत सबै शैक्षिक गतिविधि ठप्प पार्ने निर्णय गरेपछि एकाएक जनजीवन भयग्रस्त बनेको हो ।
आज फेरि सरकार सरकारी र निजी कार्यालयसमेत बन्द गर्ने निर्णयमा पुग्दै छ । यसअघि आजै सर्वाेच्च अदालतले देशैभरका अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरिसकेको छ ।
साँझ ६ बजे प्रधानमन्त्री के पी ओलीले राष्ट्रको नाममा गर्ने संवोधनमा यस्तो जानकारी दिइने स्रोतको दावी छ । जनतालाई पूर्व जानकारी नदिई हठात यस्तो निर्णय गर्दा राजधानी लगायत देशैभरि कालोबजारी बढेको छ ।
यस्तै, दैनिक उपभोग्य सामग्रीको समेत अभाव बढेको छ । छिमेकी चीनबाट सुरु भएको यो भाइरस अहिले संसार भर फैलिएको छ । दक्षिणी छिमेकी भारतमा समेत कोरोना भाइरसबाट चार जनाको मृत्यु भइसकेको छ । त्यसैले खुला सीमाका कारण संक्रमण भित्रन सक्ने भन्दै सरकार कडा भएको बताइएको छ ।
स्रोतका अनुसार आज सरकारले दुबै छिमेकीसँगको नाका दुई साता सिल गर्ने निर्णय गर्ने छ । यसबारे कूटनीतिक तहमा कुरा भइसकेको बताइएको छ । तर आयात निर्यात भने यथावत रहने स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
असोज १९, २०८१ शनिबार
बाढीपहिरामा परी अहिलसम्म २ सय ३९ जनाको मृत्यु
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार