नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार ३:५७:५०
७ चैत, काठमाडौं । नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, काठमाडौं महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुलाई राहत मिलेको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको बताउछन । “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायत विभिन्न रोग परीक्षणका लागि हेल्थ डेक्सले सहयोग पुग्नेछ,” उनी भन्छन ।
काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी मुलुककै राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्कबाट आवतजावत गर्ने यात्रुको स्वास्थ्य परीक्षणमा हेल्थ डेक्सले सहयोग पुग्ने बताउछन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला हेल्थ डेक्सको स्थापनासँगै काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताउछन ।
नयाँ बसपार्कमा दैनिक उपत्यकाबाहिर विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक यातायात आवतजावत गर्दै आएको प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउछन । ल्होत्से बहुउद्देश्यीय प्रालिले यसअघि ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालको सहकार्यमा नयाँ बसपार्कभित्र चालक, सहचालक तथा यात्रुलाई निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार