सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालय भवनमा अस्पताल

नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार १३:४२:२६

८ चैत, गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ ।
बेनी नगरपालिका–८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठमा बेनी अस्पतालले आइसोलेसन कक्ष बनाउने भएको हो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो ।
शनिबार बेलुकासम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत हाल खाली अवस्थाको विद्यालय भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय भएको माउन्ट एभरेष्ट आवासीय माविका अध्यक्ष चन्द्रकुमार केसीले बताए।
बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य सङ्घ र बेनी अस्पतालका प्रतिनिधि सम्मिलित बैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको पुरानो भवनलाई मर्मतसम्भार र रङरोगन गरी अस्थायी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
भवनको सरसफाइ र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाले आज बेलुकासम्म अस्पताल तयार पार्ने छ । भाइरस सङ्क्रमितको उपचार सहज होस् भनेर छुट्टै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताए । आकस्मिकरुपमा सङ्क्रमित देखा परेमा तत्काल राखेर उपचार गर्न सहज होस् भनेर अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताए । अस्पतालमा १० श्ययाको आइसोलेसन कक्ष हुने छ ।
म्याग्दीका सबै तातोपानी कुण्ड बन्दः पर्यटकीयस्थलमा जान रोक
कोरोनाको त्रासका कारण प्राकृतिक उपचारस्थल मानिएका म्याग्दीका सातवटा तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । पर्यटकीयस्थल पुनहिल जान रोक लगाइएको छ । शनिबार आजदेखि म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको तातोपानी कुण्ड, धौलागिरि गाउँपालिकाको गुर्जा र मुदी मा रहेका दुई वटा तातोपानी कुण्ड, रघुगङ्गा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकामा रहेका तीन वटा तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको सम्बन्धित नगर र गाउँपालिकाका प्रमुखले बताएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नओउञ्जेलसम्म गाउँपालिकामा पर्ने घोडेपानी, पुनहिलजस्ता विश्व चर्चित पर्यटकीयस्थलमा पर्यटक आवागमनमा समेत रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनका स्वकीय सचिव सुरेन गुरुङले जानकारी दिए ।
त्यसैगरी भुरुङ, पाउद्वार, रातोपानी र दोवाको सेकार्कुमा रहेका तातोपानी कुण्डमा पनि विदेशी पर्यटक आउने भएकाले ती तातोपानी कुण्ड बन्द गराउन शुक्रबार नै पत्राचार गरिएको अन्नपूर्ण गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताए। कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रमसहित मेला पर्वलगायतका विभिन्न कार्यक्रमसमेत बन्द गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
फागुन ८, २०८१ बिहिबार
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार