ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार १३:५८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/old-man_PMGFAET3rH.jpg)
८ चैत, बैतडी । बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन् । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
तीनवटै स्थानीय तहमा एक एक हेल्थ असिष्टेन्ट वा स्टाफ नर्स खटाएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने काम भइरहेको उनले बताए । स्वास्थ्यकर्मीले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छन् । उनले भने, “कार्यक्रम सञ्चालन भएका तीनै तहका प्रत्येक वडामा पुगेर स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ ।”
ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म सेवाका लागि आउन नसक्ने भएकाले उनीहरुलाई घरमै पुगेर सेवा दिने कार्यक्रम थालिएको भट्टले जानकारी दिए। स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा दिँदा आफूहरु निकै खुशी भएको ज्येष्ठ नागरिकले बताएका छन् । घरमै आएर रक्तचाप जाँच गर्ने र अरु स्वास्थ्यका बारेमा स्वास्थ्यकर्मीले जानकारी दिँदा आफूहरु निकै खुशी भएको दशरथचन्द नगरपालिका–५ का सुरेश लेखकले बताए । उनले भने, “घरमै औषधि पाउँदा हामी निकै खुशी छौँ ।”
गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेको र घरमै सेवा पाउँदा उनीहरु खुशी भएको स्टाफ नर्स दीपा मौनीले बताए ।
अपाङ्गता परिचयपत्र वितरण
बैतडीको सुर्नया गाउँपालिकाले वडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । अपाङ्गता परिचयपत्रका लागि आवश्यक कागजपत्र बनाइसकेका सेवाग्राहीलाई वडामै पुगेर परिचयपत्र वितरण गर्ने काम भइरहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै परिचयपत्र वितरण गर्नुपर्ने प्रावधान छ । साविकको महिला तथा बालबालिका कार्यालयले यसअघि अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियो । गाउँपालिकाका प्रत्येक वडामा पुगेर अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको कागजपत्रको आधारमा परिचयपत्र वितरण गर्ने कार्य भइरहेको होे ।
सुर्नया गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । चार वटै वडामा १९ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेपछि अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा सुविधा लिन सजिलो हुने सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार