भयभित नबनौं, आवश्यक तयारी गरौं, सुरक्षित र सतर्क रहन डा. केसीकाे अनुराेध
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार २१:५:१४
८ चैत, काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट भयभित नहुन र आवश्यक तयारी गरेर सुरक्षित र सतर्कता अपनाउन अपिल गरेका छन् ।
शनिबार एक विज्ञिप्त जारी गर्दै केसीले भनेका छन्, विगत केही महिनादेखि नोवेल कोरोना भाइरसको (COVID-19) संक्रमण फैलिएर विश्वका धेरै देशहरुमा मानवीय क्षति हुने क्रम बढ्दै गईरहेको सबैमा विदितै छ । हालसम्म विश्वमा कोरोना भाइरसका केशहरु २७५,८६४, मृत्यु हुनेको संख्या ११,३९८ तथा उपचार प्राप्त गरी निको भएको संख्या ९१,९१२ रहेको छ । त्यस्तै गरी हालसम्म संक्रमणबाट प्रभावित भएको संख्या १७२,५५४ रहेको छ भने १६४,७८९ मध्यम अवस्थामा रहेका छन् भने ७,७६५ अत्यन्तै जटिल अवस्थामा रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले महामारीको (Pandemic) घोषणा गरिसकेको र उक्त कोरोना भाइरसको संक्रमणबाट नेपाल लगायतका अन्य देशहरुलाई उच्च जोखिममा राखिसकेको विद्यमान अवस्थालाई नेपाल सरकारले गम्भीर रुपमा लिदै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप पहिलो सर्म्पकमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा तालिमको व्यवस्था गरि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न ढिला गर्नु हुँदैन । त्यसका साथै जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबारे बीमा र अतिरिक्त सेवा सुविधा उपलब्ध गराई उनीहरुको मनोबललाई उच्च राख्नु अत्यन्त आवश्यक र यसमा नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने उनले जारी गरेकाे विज्ञिप्तमा उल्लेख गरिएकाे छ ।
साथै देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सुरक्षाका निम्ती Advance Personal Protective Equipment (PPE) प्रर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने र यस रोगबाट हुने मृत्युदर (Mortality) तुलनात्मक रुपमा कम हुने भएकोले रोग लागिहालेमा आत्तिईहाल्नु पर्ने अवस्था नभएता पनि रोगको प्रसारण दर (Transmission Rate) तीव्र हुने भएकोले आवश्यक सावधानीसहित सतर्कता अपनाउनु अत्यन्त जरुरी छ । सकेसम्म मास्क, सेनिटाइजर आदिको नियमित प्रयोग गरौं । यी बस्तुहरु आवश्यकता भन्दा बढी संग्रह नगरौं । स्मरणरहोस कि आफू सुरक्षित रहन आफ्ना वरिपरिका मानिसहरु पनि सुरक्षित रहनु उत्तिकै महत्वपूर्ण हुन्छ । Self-Quarantine र Social Distancing यो रोगको थप प्रशारण हुन नदिने महत्वपूर्ण उपायहरु भएको हुनाले सबैले त्यसलाई पालना गर्न समेत डा. केसीले आग्रह गरेका छन ।
अन्तर्राष्ट्रिय एवं राष्ट्रिय संकटको यो चिन्ताजनक अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, सम्पूर्ण बुद्धिजिवी, नागरिक समाज, पत्रकार तथा सर्व साधारण नागरिकहरुले आ आफ्नो क्षेत्रबाट आफूसक्दो नेपाल सरकारलाई हर तह र तप्काबाट सहयोग गर्न समेत सबैमा डा.केसीले हार्दिक अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार