देउवाबिरुद्ध मोर्चाबन्दी गर्ने संयोजकको भूमिकामा नेता केसी
इन्द्र रिजाल
चैत ८, २०७६ शनिबार २२:३८:५८
८ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संस्थापन पक्षको दादागिरी बढेपछि संस्थापन इतर असन्तुष्ट पक्ष एकजुट भएर सामना गर्ने रणनीतिमा जुटेको छ । आसन्न चौधौं महाधिवेशनमा आफ्नो पक्षको बर्चश्व कायम राख्न संस्थापन पक्षले विधान विपरित एकलौटी रुपमा केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य मनोनयन तथा विभागिय संख्या थप्दै प्रमुखहरु चयन गर्न थालेपछि असन्तुष्ट पक्ष जुर्मुराएको हो ।
आगामी महाधिवेशनपछि पार्टीलाई संस्थागत ढंगले चलाउन सामुहिक नेतृत्वको विकास गर्नुपर्ने अवधारणा केसीले पौडेल सिटौला समुह समक्ष प्रस्ताव गरेका छन् । कांग्रेसमा सामुहिक नेतृत्वबाटै नेताहरुको पनि व्यवस्थापन हुने र पार्टीपंक्ति पनि एकढिक्का भई बलियो हुने तर्क नेता केसीको छ ।
पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढ्न थालेपछि असन्तुष्ट पक्षले मोर्चाबन्दी गर्ने रणनीति बनाएको हो । नेपाली कांग्रेस पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले चलाएर पुर्नजीवित बनाउन देउवाको नेतृत्वमा सम्भव नहुने निचोड प्रभावशाली नेता अर्जुननरसिंह केसीको छ । तर्सथ आगामी महाधिवेशनमा देउवालाई एक्लो बनाएर जाने रणनीति अन्तर्गत असन्तुष्ट पक्षले तेस्रो धारका रुपमा रहेको भनिएको कृष्णप्रसाद सिटौलालाई समेट्ने प्रयत्न थालेको छ । यो अभियानलाई सार्थकता दिन अहिले पार्टीका प्रभावशाली नेता अर्जुननरसिहं केसी अग्रसर भएका छन् ।
पार्टी सभापति देउवाको एकलौटी गर्ने शैली र व्यवहारबाट आजित भएका असन्तुष्ट पक्षलाई एउटै धागोमा उन्ने काम केसीले थालेका हुन् । आगामी महाधिवेशनपछि पार्टीलाई संस्थागत ढंगले चलाउन सामुहिक नेतृत्वको विकास गर्नुपर्ने अवधारणा केसीले पौडेल सिटौला समुह समक्ष प्रस्ताव गरेका छन् । कांग्रेसमा सामुहिक नेतृत्वबाटै नेताहरुको पनि व्यवस्थापन हुने र पार्टीपंक्ति पनि एकढिक्का भई बलियो हुने तर्क नेता केसीको छ ।
पार्टीभित्र बौद्धिक र कुशल संगठकको हैसियत बनाएका नेता केसी आउने महाधिवेशनमा देउवा विरोधी समूहलाई एकजुट बनाउने अभियानमा अग्रमोर्चामा देखिएका छन् । त्यसका लागि उनी देउवा विरोधी सबैलाई एकैथलोमा ल्याउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । विगतमा देउवा निकट देखिएका उनी अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको बलियो खम्बा हुन् । पौडेल र सिटौलाबीच कतिपय मुद्धामा असहमति रहेको छ । तर संकटको घडीमा एकैथलोमा उभिन केसीले सिटौलालाई समेत तयार बनाएका छन् ।
नेपाली जनता जो लोकतन्त्रप्रति आस्थावान छन्, तिनको भावना पनि यस्तै रहेकाले देउवालाई आगामी महाधिवेशनमा जसरी भएपनि रोक्नुपर्ने ऐतिहासिक दायित्व रहेको कुरामा दुवै नेता सहमत देखिएका छन् । त्यसैले नेता केसी र सिटौला अब बलियो कांग्रेस निर्माण गर्न एकै ठाउँमा उभिनै पर्ने निचोडमा पुगेका हन् – सिटौला निकट स्रोतको दावी छ ।
यसै प्रसंगमा नेता केसीले पूर्व महामन्त्री समेत रहेका नेता सिटौलासँग हालै लामो वार्ता गरेका छन् । स्रोत भन्छ – देउवाको ज्यादती बिरुद्ध एकाकार हुन सिटौला तयार छन् । मुलुक नजानिंदो ढंगले एक ध्रुवीय हुन थालेकाले अब सबैको विश्वास जित्न नेपाली कांग्रेसले मात्र सक्ने कुरामा दुवै नेता सहमत देखिएको स्रोतले बतायो । वर्तमान केपी ओली सरकारले नेपाललाई चिनियाँ पक्षको स्वार्थसिद्ध गर्ने थलोका रुपमा चिनाउन थालेको छ । केही समय अघि चिनियाँ राष्ट्रपति सी जीनपिङ विचारधारामार्फत नेकपाले आफूलाई उत्तरतिरको मात्र सम्बन्ध बनाउन उत्सुक रहेको राजनीतिक संकेत दिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा विवादित बनेको छ ।
दक्षिणी छिमेकी भारतले उक्त घटनालाई गम्भिरतापूर्वक लिएको छ । त्यसैले नेपालमा कम्युनिष्टको बढ्दो प्रभाव निस्तेज पार्न नेपाली कांग्रेस बलिया र प्रभावकारी हुनुपर्ने ठहर उसको देखिन्छ । तर देउवा नेतृत्वको कांग्रेसबाट त्यो सम्भव नरहेको ठहर उसको पनि छ । नेपाली जनता जो लोकतन्त्रप्रति आस्थावान छन्, तिनको भावना पनि यस्तै रहेकाले देउवालाई आगामी महाधिवेशनमा जसरी भएपनि रोक्नुपर्ने ऐतिहासिक दायित्व रहेको कुरामा दुवै नेता सहमत देखिएका छन् । त्यसैले नेता केसी र सिटौला अब बलियो कांग्रेस निर्माण गर्न एकै ठाउँमा उभिनै पर्ने निचोडमा पुगेका हन् – सिटौला निकट स्रोतको दावी छ ।
पछिल्लो अवस्थामा नेता सिटौला पुन संस्थापन पक्षसँग निकट भएको हल्ला चलेका थियो । गत साता देउवाले एकलौटी विभाग प्रमुख र केन्द्रीय सदस्य मनोनयन गर्दा सिटौला पक्षलाई समेत समेटेको सन्देश दिने गरी मनोनयन गरेका थिए । तर सिटौलाले भने आफूसँग देउवाले कुनै सल्लाह गरेको नभै आफूखुशी गरेको नेता केसीलाई बताएका थिए । नेता सिटौलाले अब सभापति देउवाले गर्ने मनोनयनमा आफ्नो सहभागिता नरहने बचन समेत दिएका छन् । साथै आगामी चौधौं महाधिवेशनका बेला देउवाबिरुद्ध असन्तुष्ट पक्षले एकमात्र साझा उम्मेदवार खडा गर्ने सहमति जनाएका छन् ।
अब पार्टीभित्र नयाँ समीकरण बन्ने छ, जहाँ वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता केसी ,पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र सुजाता कोइरालालगायत सिटौलाको दह्रो उपस्थिति रहने छ । स्रोत भन्छ – पौडेल र सिटौला समूहबीच सहमति जुटाएर देउवा विरुद्ध लड्ने वातावरण नेता केसीले तयार गरेका छन् ।
सिटौला निकट स्रोतका अनुसार, देउवाको ज्यादतिबिरुद्ध पौडेल समूहसँग मिलेर लड्न कुनै समस्या छैन । पौडेल र सिटौलाबीच एउटा पुरानो घटनाले व्यक्तिगत रुपमा केही समस्या भएपनि त्यसलाई न्यूनीकरण गर्न नेता केसी सक्रिय देखिएका हुन् । अहिलेको परिस्थितिमा नेकपासँग राज्य शक्ति र स्रोतसमेत रहेकाले एक भएर लड्नुको विकल्प छैन भन्दै केसीले सिटौलालाई कन्भिन्स गरेका छन् ।
नेकपाको केपी ओली नेतृत्वको सरकार यति अलोकप्रिय हुँदासमेत नेपाली कांग्रेसले त्यसको राजनीतिक लाभ उठाउन नसक्नु ठूलो कमजोरी हो भन्नेमा केसी र सिटौलाबीच मतभेद छैन । साथै देउवा नेतृत्वको कांग्रेसले कम्युनिष्ट बिरुद्ध केही गर्नसक्ने अवस्था देखिएन । त्यसैले देउवाको विकल्प दिन कांग्रेसले अब ढिला गर्न हुँदैन भन्नेमा समेत सिटौलालाई सहमत गराउने काम नेता केसीले गरेका हुन् ।
विगतमा सिटौलाले साथ र समर्थन दिंदा देउवा हावी भएका थिए । तर अब पार्टीभित्र नयाँ समीकरण बन्ने छ, जहाँ वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता केसी ,पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र सुजाता कोइरालालगायत सिटौलाको दह्रो उपस्थिति रहने छ । स्रोत भन्छ – पौडेल र सिटौला समूहबीच सहमति जुटाएर देउवा विरुद्ध लड्ने वातावरण नेता केसीले तयार गरेका छन् ।
सिटौला निकट स्रोतका अनुसार, देउवा विरुद्ध लड्न सकेसम्म पौडेल भन्दा अरु उम्मेदवार सहज र बलियो हुनेछ । त्यसैले पौडेलको विकल्पमा अरु कोही आए सिटौला पक्ष सहजै मोर्चाबन्दी गर्न तयार देखिएको बुझिन्छ । तर यसमा नेता केसीले तत्कालै यस्तो शर्त नराखी वृहत्तर एकताको पक्षमा सोच्न र धारणा बनाउन सिटौलालाई आग्रह गरेका छन् । नेता सिटौला पनि केसीको धारणाप्रति सकारात्मक रहेको बुझिएको छ ।
देउवा विरोधी मोर्चामा आउन सिटौला तयार भएपनि वरिष्ठ नेता पौडेलको नेतृत्वलाई भने सहज रुपमा लिन नसक्नुका बैयक्तिक कारण रहेको अनुमान धेरैको छ । त्यसैले बृहत्तर हितका निम्ति सिटौलाले पुरानो कुरा भुल्नु जरुरी रहेको दुवैपक्षका नेता कार्यकर्ताको धारणा रहेको पाइन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार