गड्डाचौकी नाका भएर नेपाल आएका २ जना अस्पताल भर्ना
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार २२:४०:२५
८ चैत, धनगढी । सुदूरपश्चिको गड्डाचौकी नाका भएर शनिबार नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणको आशङ्कामा दुई जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । प्रहरीका अनुसार दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए ।
उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए । ‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पोट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’ यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीनजना भर्ना भएका थिए । उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार