आत्तिनु पर्दैन, जोखिमको बेला बढी मूल्यमा ग्यास बेच्नेलाई कार्बाही हुन्छ
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १५:२४:३६
चन्द्रकला भण्डारी
९ चैत, भद्रपुर । स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाउने कदम चालेपछि सो प्रयास गरिएको हो । तर खाद्यान्न र खाना पकाउने ग्यासको अनुगमन गर्दा आत्तिनुपर्ने स्थिति नभएको पाइएको छ ।
मेचीनगर नगरपालिकाको टोलीले प्रदेश सांसदसहित शनिबार नगरका चार वटा चामल उद्योग र एउटा ग्यास उद्योगमा अनुगमन गर्दा त्यहाँ प्रशस्त धान, चामल र खाना पकाउने ग्यास भण्डारण (मौज्दात) रहेको पाएको छ । बजारमा रहेका बिक्री डिलरहरुले ग्यास छैन भन्ने गरेता पनि मेचीनगर–१४ दुहागढीस्थित मेची ग्यास इन्डस्ट्रि«जको गोदाममा ११ हजार सिलिन्डर ग्यास मौज्दात रहेको र नौ हजार सिलिन्डर ग्यास भारतबाट केही दिनमै आउने क्रममा रहेको उद्योगका सञ्चालक महादेव अग्रवालले जानकारी दिए ।
“एउटा सिलिन्डर भएका उपभोक्ताले हाल तीन वटासम्म सिलिन्डर किनेर लैजाने गरेकाले अभाव भएको जस्तो देखिएको हो”, उद्योगका सञ्चालक अग्रवालले अनुगमन टोलीलाई भने, “आत्तिनु पर्दैन, हामीसँग पर्याप्त मौज्दात छ र दिनैपिच्छे दुई हजारभन्दा बढी सिलिन्डर डिलरकहाँ पु¥याइरहेका छौँ ।”
उनले मेची ग्यासको कुनै डिलरले सो भाइरसको जोखिम निम्तिएको मौका छोपी बढी मूल्यमा ग्यास बेचेको र सामान लुकाएर उपभोक्तालाई ठगी गरेको पाइएमा डिलरको लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिइएको अनुगमन टोलीलाई जानकारी दिए । उनको भने “ग्यासको अभाव हुनुपर्ने कुनै कारण नै छैन ।”
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, नगरपालिकाका खाद्य तथा अनुगमन अधिकृत दीपेन्द्र कार्की, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सदस्य भूमि पौडेल, सङ्घका पूर्वअध्यक्ष एवं अगुवा व्यवसायी विजय डालमिया, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेल, काँकडभिट्टा इप्रकाका प्रहरी सहायक निरीक्षक यादव सुवेदी, पत्रकारद्वय मोहन काजी र लक्ष्मी उप्रेती सहभागी थिए ।
यहाँका राजनीतिक दलका प्रमुखहरुसहितको टोलीले मेचीनगर नगरपालिकालाई बजारको समस्या दर्शाउँदै कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही चलाउन माग गरेपछि शनिबार नगरपालिकाले मेचीनगरमा रहेको धान–चामलका मिलको अनुगमन गरेको हो । टोलीले मेचीनगर–११ धाइजनस्थित सूर्य एग्रो, मेचीनगर–१३ स्थित मित्तल एग्रो र मेचीनगर–७ स्थित राधाकृष्ण इन्डस्ट्रिज र राकेश राइस मिलमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका सबै मिलमा ठूलो मात्रामा धान र चामलको मौज्दात रहेको पाइएको थियो भने उद्योगका सञ्चालकले बजारमा लामो अवधिसम्म थेग्ने खाद्यान्न मौज्दात भएको हुँदा उपभोक्ताले हडबडाउन नहुने धारणा व्यक्त गरेका थिए । धाइजनस्थित सूर्य एग्रोमा ७५ हजार क्विन्टल चामल र ८ हजार क्विन्टल मुसुरो दाल मौज्दात रहेको उद्योगका सञ्चालक रमेश मिण्डाले जानकारी दिए । “बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य उद्योगहरुसँग छ”, मिण्डा भन्छन्, “अहिले नै बजारमा अभाव नहुनु पर्ने हो ।”
उद्योगमा रहेको मौज्दातको विवरण अनुगमन टोलीलाई बुझाउँदै मेचीनगर–१३ स्थित मित्तल एग्रोका सञ्चालक मोहन मित्तलले अहिले उद्योगले चामलको मूल्य नबढाएको र बजारमा माग भएबमोजिम आपूर्ति गरिरहेको बताए । “मुलुकलाई सङ्कट पर्न लाग्यो भनेर कुनै उद्योगी र व्यापारीले कालोबजारी र मूल्य बढाउने गलत काम गर्नु हुँदैन”, उनको भनाइ थियो ।
मेचीनगर–७ मा रहेको राधाकृष्ण इन्डस्ट्रिजमा आठ हजार क्विन्टल धान र राकेश राइस मिलमा ५०० क्विन्टल चामल र दुई हजार क्विन्टल धान मौज्दात रहेको जानकारी अनुगमन टोलीले प्राप्त गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरपालिकामा नगर क्षेत्रका सबै चामल उद्योगका सञ्चालकलाई बोलाएर सङ्कटको अवस्थामा उद्योगले पालना गर्नुपर्ने विभिन्न व्यवस्थाका विषयमा जानकारी गराइएको बताए उनले भने कोरोना भाइरस रोकथामका लागि राज्यले कडा कदम चालेका बेला कुनै अभाव नहोस् भनेर उद्योगी सचेत हुनुपर्ने पनि बताए ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमिया बजारमा सामान नभएर होइन, भएको सामान मौज्दात गर्ने उपभोक्ताको हतारो र अनुचित नाफाको लोभमा लागेका कतिपय गैरजिम्मेवार व्यवसायीले सामान लुकाउन थालेको हुँदा बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको बताउछन् ।
खासगरी अत्यावश्यक वस्तुमा पर्ने चामल, दाल, तेल, साबुन, चिनीलगायतका उपभोग्य सामान भोलि लामो समय बजार बन्द होला कि भन्ने हल्ला र त्रासका कारण उपभोक्ताहरुले नै आवश्यकताभन्दा दोब्बर–तेब्बर किनेर घरमा मौज्दात राख्न थाल्दा बजारमा अभावजस्तो स्थिति देखिएको मेची उद्योग वाणिज्य सङ्घका सदस्य एवं पौडेल किराना पसलका सञ्चालक भूमि पौडेल बताछन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार