बुलबुलेमा क्वारेन्टाइन बनाइँदै
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १८:१:२५
९ चैत, सुर्खेत । कोभिड– १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आजदेखि क्वारेन्टाइन कक्ष निर्माण शुरु गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० श्यया क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ ।
नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणाले रेडियो नेपालको जग्गामा करेन्ट बिच्छ्याइएकाले क्वारेन्टाइनका लागि असम्भव रहेको बताए । यसका लागि सेनाले पर्यटकीय स्थल बुलबुले उद्यानलाई रोजेको छ । “रेडियो नेपालको टावरमै नौ हजार भोल्ट करेन्ट छ, रेडियो फ्रिक्वेन्सीले पनि क्वारेन्टाइन निर्माण गर्न दिँदैन्”, पृतनापति राणाले भने, “त्यसैले बस्तीदेखि टाढा भएको स्थान बुलबुले नै उपयुक्त देखिएको छ, आजदेखि नै बुलबुलेमै क्वारेन्टाइन निर्माणको काम शुरु गर्छौं ।”
वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्श निकालेको छ । नगर प्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोत साधन जुटाएमा एक सातामै एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ ।
प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपाली फर्कने क्रम बढ्दो छ । घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकामा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार