कोरोना उपचार विधिबारे प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष लोहनीका ६ प्रश्न
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २३:४३:३३
९ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरस संक्रमण व्यवस्थापनको आवश्यकतामा जोड दिँदै व्यावहारिक विधि प्रक्रिया (प्रोटोकल) निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।अत्यावश्यक व्यवस्थापनका प्रश्नप्रति प्रधानमन्त्री केपी ओलीको समेत लोहनीले ध्यानाकृष्ट गराएका हुन् ।
कोरोना भाइरसका चुनौति सम्बोधन गर्न सरकारलाई सहयोग मिलोस् भन्ने हेतुले ६ बुँदे प्रश्न सार्वजनिक गरेको अध्यक्ष लोहनीले प्रष्ट पारेका छन् । कोरोना उपचार विधिसँग सम्बन्धित लोहनीका ६ प्रश्न निम्नरुपका छन् ।
१. कोरोना संक्रमणको शंका लागे कहाँ जाने ? के सबै सरकारी र निजी अस्पतालले जाँच गर्छन् ?
२. कोरोना संक्रमणको शंका लागेको व्यक्तिलाई जाँच्दा डाक्टरसँग किटाणु प्रतिरोधक पोशाक उपलब्ध छ ? यदि छैन भने डाक्टरले बिरामी जाँच गर्न कसरी संभव छ ?
३. विरामी जाँच्दा डाक्टरलाई कोरोना संक्रमणको शंका लागे तुरुन्त आइसोलेसनमा राख्ने व्यवस्था कुन अस्पतालमा छ ?
४. कोरोनाको विमारी अस्पतालमा राख्दा अरु विरामीको सुरक्षा कसरी निश्चित गरिएको छ ?
५. आइसोलेनमा राखेको विरामीका लागि औषधि कसले उपलब्ध गराउँछ ?
६. कोरोनाका विरामीले विगतमा को–कोसँग सम्पर्क गरेको थियो भन्ने खोजखबर कसले गर्छ ?
यस्ता अत्यवाश्यक प्रश्नहरु समाधान गर्ने विधि (प्रोटोकल) जरुरी भएको राप्रपा अध्यक्ष डा. लोहनीको ठहर छ ।
कोरोनासम्बन्धी आवश्यक तयारी पुगेको छ्रैन भन्ने त्रिवि अस्पताल क्रिटीकल केयरका प्रमुख डा. सुभास आचार्यको संचारमाध्यममा प्रकाशित भनाइ लक्षित गर्दै लोहनीले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘डा. सुभाष आचार्यको भनाई सम्माननीय प्रम ओलीले पढ्न जरुरी छ । डा. सुभासको कुरा पढ्दा हाम्रो तयारी मिटीङ र कागजमा मात्र सीमित देखिन्छ । चेतना भया । अब गफ गर्ने बेला छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार