कोरोनाका कारण निर्माण क्षेत्र प्रभावित, सरकारलाई सहयोग गर्न व्यवसायी तयार
नेपालबहस संवाददाता
चैत ९, २०७६ सोमबार २:४८:४
९ चैत्र ,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भएको छ ।
आइतबार राजधानीमा सम्पन्न महासंघ स्थायी समितिको बैठकले सरकारलाई सहयोग गर्ने सहित कोरोनाको त्रासका कारण निर्माण क्षेत्रमा उत्पन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले उपलब्ध स्रोत साधन र जनशक्तिको आधारमा सचेतना एवं सुरक्षा अपनाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित् आयोजना प्रमुखहरुसँग समन्वय गरी अति आवश्यक सेवा एवं निर्माण कार्यहरु सुचारु गर्ने गराउने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले गरेका निर्णयहरुका कारण मानवीय दृष्टिले समेत निर्माण मजदुरहरुलाई कार्य क्षेत्रमा खटाउन सक्ने अवस्था नरहेको महासंघले जनाएको छ । यसरी निर्माण कार्यहरु सुचारु नभएको कारण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएकोले यस सम्बन्धमा बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अधिकांश क्रसर उद्योग बन्द भएकोले नदीजन्य निर्माण सामाग्री हाल उपलब्ध नभएको र ढुवानी सेवा समेत प्रभावित भएकाले निर्माण कार्य संचालन गर्न कठिन भएको तर्फ पनि बैठकले सरकारको ध्यानाकर्षण नेपाल गराएको छ । निर्माण व्यवसायीहरुबाट निर्माण कार्य सम्पन्न गरी सकिएको र हस्तान्तरण हुन बाँकी रहेको भएतापनि सरकारले उक्त स्थान प्रकोप नियन्त्रणका लागि प्रयोग गर्न चाहेमा सम्बन्धित् निर्माण व्यवसायीहरु र सरोकारवालाहरुसँग समन्वय गरी ती स्थानहरु उपलब्ध गराउन सहज वातावरण बनाउन सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।
संकटको यस क्षणमा निर्माण व्यवसायीहरुले बैङ्कमा तिर्न बुझाउन पर्ने किस्ता एवं ब्याज भुक्तानीमा समस्या पर्ने भएकोले ब्याज मिनाह एवं किस्ता र नेपाल सरकारलाई बुझाउनु पर्ने आय कर, मुल्य अभिबृद्घि कर लगायत रकम बुझाउन पर्याप्त समय प्रदान गर्न बैठकले नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार