स्वास्थ्यचौकीलाई जग्गा दान
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार १७:४०:९
१० चैत्र, म्याग्दी । धौलागिरि गाउँपालिका–७ ताकमका रेशमबहादुर थापाले ताकम स्वास्थ्यचौकीलाई चार रोपनी दुई आना जग्गा दान गरेका छन् ।
स्वास्थ्यचौकी भवनसँगै रहेको रु १२ लाख बराबरको जग्गा थापाले उपलब्ध गराएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए । यसअघि ताकम स्वास्थ्यचौकीसित छ रोपनी जग्गा थियो । जग्गा उपलब्ध भएपछि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्यया क्षमताको अस्पताल बनाउन सजिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तरोन्नति बनाउने स्वास्थ्य सस्थामा सो चौकी समावेश भएको छ ।
भवन निर्माण प्रक्रिया अघि बढाउन पहिलो चरणमा मापदण्डअनुसारको जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । अस्पताल निर्माण भएपछि विकट क्षेत्रका बासिन्दाले सहज तथा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने भएकाले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाता थापाले बताउनुभयो ।
यसैगरी धौलागिरि गाउँपालिकाको केन्द्र रहेको मुनामा पनि स्वास्थ्यचौकी भवन निर्माणको प्रक्रिया थालिएको छ । उक्त भवनको लागत रु ९४ लाख रहेको छ । भवन निर्माण गर्न ठेक्का प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीले जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार