सशस्त्र प्रहरीद्वारा बिओपी स्थापना क्षेत्रको निरीक्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार २०:५:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/byas-3_sXfWLOiUXf.jpg)
१० चैत्र, दार्चुला । दार्चुलाको उत्तरी सीमाक्षेत्र अवलोकनका लागि गएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाको टोली व्यासको छाङ्गरु पुगेर फर्किएको छ । चालू आर्थिक वर्षभित्र व्यास गाउँपालिका–१ छाङ्गरुको गागामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गर्ने तयारी भइरहेको बेला सशस्त्र प्रहरी उक्त स्थानको निरीक्षण गरी फर्किएको हो ।
सरकार दार्चुलाको व्यासस्थित छाङ्गरु गागामा आगामी वैशाखभित्रै सशस्त्र प्रहरी बलको बिओपी पोष्टको उद्घाटन गर्ने तयारी छ । बिओपी स्थापना हुने क्षेत्र र सीमाक्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबारे अवलोकन गरी सशस्त्र फर्किएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका गुल्मपति प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।
त्रिदेशीय सीमाक्षेत्र रहेको यो क्षेत्रमा भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक लिम्पियाधुरा राखेपछि भूमि अतिक्रमण हुन नदिन सरकारले गत मङ्सिर २३ गते व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने निर्णय गरेको थियो । बिओपी स्थापना गर्नका लागि सशस्त्र प्रहरीले व्यासको छाङ्गरुस्थित गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जग्गा आफ्नो नाममा पास गराएको छ । भारतले चोरी शिकारी गर्दै आइरहेको व्यास क्षेत्रको छाङ्गरु तिङ्कर क्षेत्रमा सरकारको उपस्थित जनाउन सशस्त्र प्रहरी राख्न लागिएको हो ।
“बिओपी स्थापना हुने गागा क्षेत्रको भौगोलिक निरीक्षण तथा सीमाक्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएर फर्किएका छौँ”, प्रनाउ विष्टले भने, “अहिले यो क्षेत्रमा छ महिनामात्रै राज्यको उपस्थिति रहेको ठाउँमा बाह्रैमास सुरक्षाकर्मी उपस्थिति गराउन जटिल भने छ । अहिले पनि यो क्षेत्रमा हिउँ बढी जमेको छ । उनका अनुसार यो क्षेत्रमा बिओपी राख्दा त्यहाँ खट्ने जनशक्तिलाई सुरक्षित रहने विश्वास दिलाउनु पहिलो प्रयास हुनु जरुरी छ । प्रनाउ विष्टले भने, “गागाभन्दा माथि कौवा, तिङ्करमा बाह्रैमास सुरक्षाकर्मी राख्न सकिने अवस्था छैन ।”
सशस्त्र प्रहरीलाई कौवा, तिङ्करलगायत क्षेत्रमा राख्नुपर्ने आवाज उठिरहेको थियो तर सशस्त्र प्रहरीको स्थलगत निरीक्षणपछि गागाभन्दा माथिल्लो क्षेत्रमा बस्न सकिने अवस्था नरहेको निष्कर्ष छ । गागामै बढी हिमपात जम्ने अवस्थामा त्यो भन्दा माथिल्लो क्षेत्रमा बस्न सकिने अवस्था नरहेको विष्ट बताउछन । अहिले पनि यो क्षेत्र मानवविहीन छ । “भारतीय पक्षबाट चोरी तस्करी हुने कुरा सम्भव पनि छैन”, उनले भने । यो क्षेत्रमा सशस्त्र प्रहरी खटाइसकेपछि सशस्त्र प्रहरीको कम्तीमा तीन÷तीन महिनामा परिवर्तन ९सरुवा० गर्ने गरी व्यवस्थापन आवश्यक छ ।
उनले भने, “आपतकालीन अवस्थामा उद्धार र सामग्री ढुवानीका लागि हेलिकोप्टर व्यवस्थापन चाहिन्छ ।” समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको व्यास गाउँपालिकामा हिउँ अत्यधिक जम्ने र पानीसमेत खान नसकिने अवस्थामा सामान्य व्यवस्थापनमा बस्न सकिने अवस्था नरहेको विष्टको भनाइ छ ।
“जति हामीले सदरमुकाम बसेर कुरा गर्छौँ, त्यहाँको अवस्था निकै फरक छ । अहिले हिउँ उमालेर पानी खानुको विकल्प छैन”, उनले भने, “छाङ्गरु पुग्नै नेपाल–भारत ‘वारिपारि’ हुँदै पुग्नुप¥यो । नेपाल–भारत सीमा जोड्ने सीतापुलभन्दा अगाडि अझै तीन÷चार फिटभन्दा बढी हिउँ जमेकै छ ।” सशस्त्र प्रहरी गत चैत ४ गते व्यासको लागि सदरमुकाम खलङ्गामा हिँडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ
माघ २५, २०८१ शुक्रबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार