कोरोनाविरुद्ध राष्ट्रिय एकता आजको आवश्यकता : नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार २०:५९:५६
१० चैत्र, काठमाडौं । कोरोना भाइरसले समग्र संसारलाई आक्रान्त पारको बेला नेपाल सरकारले देखाएको सक्रियतालाई अझ प्रभावकारी बनाउन नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आह्वान गरेका छन् । नेता केसीले आज जारी गरेको विज्ञप्तिमा कोरोनालाई परास्त गर्न समग्र मुलुक एकताबद्ध हुनुपर्ने उल्लेख छ ।
सम्पूर्ण विश्व नै यो कोरोनाबाट आक्रान्त भएका बेला नेपालमा र विदेशमा रहेका नेपालीमा फाट्टफुट्ट प्रभाव देखिएपनि आत्तिनुपर्ने अवस्था नरहेकोमा सन्तोष व्यक्त गर्दै नेता केसीले भनेका छन् – “तर संभावित संक्रमणबारे आएका सूचनाले सबैलाई त्रस्त बनाएको छ, त्यसलाई परास्त गर्न समग्र देश एकजुट भएर सामना गर्नुपर्छ ।”
राष्ट्रिय संकटको यो बेला सबै एक हुने नेपाली संस्कार र परम्परालाई फेरि एकतावद्ध ढंगले सामना गर्ने बेला आएको छ भन्दै केसीले अहिले कुनपनिै आग्रह पूर्वाग्रहबाट माथि उठेर एकजुट हुनु सबैको कर्तव्य हो भनेका छन् । साथै, यो महामारीबाट जोगिने एकमात्र उपाय भनेको निरोधात्मक उपचार नै भएको स्मरण गर्दै नेता केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “अहिले हामीले व्यापक रुपमा जनचेतना फैलाएर उच्च मनोबल र आत्मबलका साथ सामना गर्नु एकमात्र अचुक उपाय हो ।”
अहिलेको संवेदनशील घडीमा भ्रम, अतिशयोक्तिपूर्ण र त्राश फैलाउने गैरजिम्मेवार एवं अनुत्तरदायी क्रियाकलापबाट आफूलाई अलग राखी स्वयंलाई सुरक्षित राख्नु नै उत्तम उपाय हो भन्दै कांग्रेस नेता केसीले सरकार जिम्मेवार ढंगमा प्रस्तुत हुँदै मुलुक र जनताका लागि कार्यमूलक भूमिकामा उपस्थित हुनुपर्नेमा जोड दिएका छन् । यस्तो संकटका बेला कतिपयले नाजायज फाइदा उठाउन खोज्ने भएकाले त्यस्ता तत्वलाई कडाइका साथ कारबाहीको दायरामा ल्याउन समेत नेता केसीले सरकारलाई अपिल गरेका छन् ।
त्यस्ता तत्वलाई कडाइका साथ कारवाही गर्दा हाम्रो पूर्ण सहयोग र समर्थन रहने छ भन्दै विज्ञप्तिमा भनिएको छ – “अहिले सबैजना घरमै बसेर संक्रमणको खतराबाट जोगिनु बुद्धिमानी हो र यो अवधिलाई रचनात्मक कार्यमा लगाउन सकौं ।” साथै कोरोनाको महामारीबाट जोगिन सबैमा आत्मानुशासन, चेतना, दृढता, आत्मविश्वास एवं उच्च मनोबलको आवश्यकता छ भन्दै यो मनोबल र सचेतनाका साथ सजग रहन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीलाई हार्दिक अपिल गर्दछु – विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार