कोराना सङ्क्रमण भएका वा आशङ्का भएका लागि निःशुल्क एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ०:३२:४६
१० चैत्र, लमजुङ । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका वा आशङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यतिबेला विश्वमा कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला नगरमा पनि जोखिम रहेको र कुनै पनि बेला नगरवासीमा पनि सङ्क्रमण हुनसक्ने कुरालाई मध्यनजर गरेर निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “नगरवासी र विशेष गरी हामीले नगरपालिको केही वडा दुर्गम भएकाले त्यहाँका नागरिकको स्वास्थ्यलाई बढी ध्यानमा राखेर केही दिनअघि एम्बुलेन्स करिब रु १० लाख बराबरको मूल्यमा खरिद गरेर सञ्चालनमा ल्याइएका छौँ ।’’
यस सङ्क्रमणको अन्त्य नभएसम्मका लागि कोरोनासम्बन्धी बिरामीलाई नेपालको जुनसुकै स्थानमा लैजानका लागि पनि निःशुल्क एम्बुलेन्स उपलब्ध हुने नगरपालिकाले जनाएको छ । यसबाहेक कोरोनाको रोकथामलगायतका लागि पर्याप्त बजेट छुट्याउन लागिएको नगर प्रमुख अर्यालको भनाइ छ । कोरोनाविरुद्ध लड्का लागि नगरवासी, पत्रकार, उद्योग व्यवसायीलगायत सबै एकजुट हुनलाई समेत उनले आग्रह गरे । कोरोनाका आशङ्का तथा सङ्क्रमित भई एम्बुलेन्स आवश्यक परेमा तुरुन्त यस एम्बुलेन्सका चालक राजु शाक्यको मोबाइल नं ९८४६९००४५९ वा सम्बन्धित निकायलाई सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार