नेता शर्माको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ०:४२:९

१० चैत्र, काठमाडौँ । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यसमेत रहेका शर्माको निधमा दुःख व्यक्त गरेका हुन् ।
“नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा शर्माले पु¥याएको योगदान अविस्मरणीय छ, उहाँको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ”, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छ ।
स्वर्गीय शर्मा विसं २०१५ का सांसद स्वर्गीय गणेशकुमार शर्माका भाई हुन् । विसं २०१७ मा पार्टीका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा स्वर्गीय शर्माले कार्यबाहक सभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताएका स्वर्गीय शर्मालाई गत फागुन १९ गते पार्टी सभापति देउवाले ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार