आन्तरिक उडान सामान्य अवस्थामा, काठमाडौं फर्कने यात्रु कम

नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ३:८:२

१० चैत्र, काठमाडौं । मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीको हवाई सेवा सामान्य अवस्थामा रहेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । अन्तरराष्ट्रिय उडान बन्द रहे पनि आन्तरिक उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने बताएका छन् । निजी क्षेत्रका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सको आन्तरिक उडान सामान्य अवस्थामा भइरहेको छ । आन्तरिक उडान नियमित भइरहे पनि एकतर्फी यात्रुको सङ्ख्या कम रहेकाले केही उडान घटाइएको बुद्ध एयरले जनाएको छ ।
श्री एयरलाइन्सले पनि काठमाडौँबाट बाहिरिने गन्तव्यको अकुपेन्सी राम्रो भए पनि काठमाडौँ फर्कने यात्रु कम सङ्ख्यामा रहेको जनाएको छ । यती एयरलाइन्सको संस्थागत शाखाले पनि आन्तरिक उडान नियमित भइरहेको र पहिलाको तुलनामा यात्रुको चाप कम रहेको जनाएको छ । यता हेलिकप्टर कम्पनीको उडान भने प्रायः ठप्प रहेको छ । दस कम्पनीमध्ये आज जम्मा दुई वटाले मात्र उडान भरेको वायुसेवा सञ्चलक सङ्घले जनाएको छ ।
आन्तरिक उडानको जहाजमा पनि एकतर्फी कम सङ्ख्यामा मात्रै यात्रु रहेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । उनले अत्यावश्यक बाहेकका हवाई सेवा बन्द गर्ने विषयमा आज प्राधिकरणका पदाधिकारीसँग छलफल गरेर निर्णय लिइने बताए ।
चार अन्तरराष्ट्रिय उडान
कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी अन्तरराष्ट्रिय उडान बन्द गरिए पनि आज चार वटा अन्तरराष्ट्रिय उडान भएका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतार एयरवेजको दुई, इत्तिहाद एयरको एक र कोरियन एयरको एक गरी चार वटा विशेष परिस्थितिमा अनुमति लिएर गरिने उडान ‘पोजिसन फ्लाइट’ भएका छन् । यस्तो उडानमा सम्बन्धित गन्तव्यबाट काठमाडौँ विमानस्थलमा आउने जहाजमा शुन्य यात्रु हुनुपर्छ ।
काठमाडौंबाट भने आवश्यक यात्रु जहाजले लैजान पाउछन् । पोजिसन उडानका लागि सम्बन्धित वायुसेवा प्रदायक कम्पनीले प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । यो उडान नियमित ‘सेडुअल’ उडान नै हुने प्राधिकरणले जनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम अन्तरराष्ट्रिय उडान चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरेको थियो । अन्तराष्ट्रियतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडान भने यथावत् रहनेछन् । अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनी र अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार