काठमाडौंका सडक र बसपार्क सुनसान
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १२:१३:२९
११ चैत्र, काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोगँबुस्थित नयाँ बसपार्क सुनसान बन्दै गएको छ । सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै नयाँ बसपार्क सुनसान बनेको हो ।
नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर अधिकांश बस यात्रु बोकेर काठमाडौँ बाहिर गएकाले नयाँ बसपार्क सुनसान बन्दै गएको बताउछन । “नयाँ बसपार्कभित्र रहेका अधिकांश बस आज बिहानसम्म यात्रु बोकेर उपत्यका बाहिरिएका छन्”, उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताउछन ।
नयाँ बसपार्कमा हाल दैनिक एक हजार ५०० हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर पछिल्ला केही दिन नयाँ बसपार्कमा यात्रुको खचाखच भए पनि आजबाट लामो दूरीका सवारी साधन गुड्न छोडेपछि बसपार्क सुनसान बन्दै गएको बताउछन । एकसय ६२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा हाल एक हजारभन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार