ब्रिटेनमा पनि ‘लकडाउन’, नियम नमान्नेलाई जरिबाना

नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १३:५६:१०

११ चैत्र, एजेन्सी । कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन्।
नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको हाे।प्रधानमन्त्री जोन्सनले यूकेमा भाइरसको सङ्क्रमण रोक्ने प्रयासमा नयाँ नियन्त्रणका उपाय अघि सारेका छन्।
तत्काल लागु हुनेगरी अब त्यहाँ मानिसहरूले आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक काममा जान आउनबाहेक घरबाहिर निस्किन पाउनेछैनन्। प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने पनि बताए। जर्मनीमा जस्तै यूकेमा पनि घरबाहिर दुई जनाभन्दा धेरैको जमघटलाई निषेधित गरिएको छ।
जोन्सनले आफूले घोषणा गरेका जस्ता उपाय घोषणा गर्न कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए। कोरोना भाइरस सङ्क्रमणका कारण ब्रिटेनमा गत २४ घण्टामा थप ५५ जनाको ज्यान गएको छ। त्यहाँ कुल ३३५ जनाले ज्यान गुमाएका छन्।
यसअघि ब्रिटेनमा सरकारले भौतिक दूरी कायम गर्न मानिसहरूलाई गरेको आग्रहको पूर्ण पालना नभएकोमा मन्त्री तथा अधिकारीहरू चिन्तित थिए। बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्छन्ः सप्ताहान्तमा घमाइलो मौसम भएपछि मानिसहरू पार्कमा जमघट भएका थिए।
त्यस्तै यात्रुहरूको घुइँचो रेलवे स्टेशनमा पनि देखिएको थियो। युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ। उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम हो।
इटलीमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६,००० जनाभन्दा धेरैको ज्यान गइसकेको छ। सर्वाधिक बिरामी भेटिएको चीनमा भन्दा इटलीमा झन्डै दोबर सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका छन्। यसअघि स्पेनले दैनिक ज्यान गुमाउनेको सङ्ख्या ४६२ पुगेको बताएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण
फागुन १५, २०८१ बिहिबार
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार