कोरोना भाइरस उपचार कोषमा काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार २१:३६:२१
११ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।
लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस ससंदीय दलले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार