सुन्नुस त, तपाईको घरमा विदेशबाट कोही आउनु भएको छ ?
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार २१:५६:२५
११ चैत्र, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्तिबारे सूचना दिन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा सङ्क्रमण भए नभएकोबारे ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले गाउँपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको अध्यक्ष कुँवरले बताए ।
“गाउँपालिका भित्र तत्कालै विदेशबाट कोही आएको भए त्यसको सूचना गाउँपालिका पदाधिकारी, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरीमा दिन भनेका छौं,” उनले भने, “हालसम्म गाउँपालिका भित्र केही दिन यता विदेशबाट आएका दुई जनाका सम्बन्धमा सूचना प्राप्त भएको छ ।”गाउँपालिकामा आजैदेखि सरकारले शुरु गरेको लकडाउनको पूर्ण प्रभाव परेको बताउँदै उनले सर्वसाधारणले निर्देशन पालना सहित आआफ्नै घरमा सुरक्षित बसेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार