कोरोना भाइरस उपचार कोषमा निर्माण व्यवसायीको एक करोड सहयोग
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार २३:१७:१
११ चैत्र, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्र्तगत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रु एक करोड योगदान गर्ने निर्णय भएको छ ।
यो रकम नेपाल सरकार अन्र्तगतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । यसैबीच कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मिति २०७६—१२—११ देखि २०७६–१२–१८ गते सम्म मुलुक लक डाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।
महासचिव रोशन दाहालद्धारा मंगलवार जारी विज्ञप्तिमा सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह गरिएको छ । साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ—आफ्नो निर्माण कार्यहरु बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ–आफ्नो सचिवालयहरु सरकारको निर्देशन अनुसार बन्द गर्न–गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ । अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार