अबको विकल्प कर्फ्यू नै

इन्द्र रिजाल
चैत ११, २०७६ मंगलबार २३:५०:८

सम्पादकीय
११ चैत्र, काठमाडौं । नेपाल सरकारले आजबाट एकसाताका लागि गरेको लकडाउनलाई धेरैतिरबाट सराहना गरियो ।प्रमुख प्रतिपक्षी लगायतका राजनीतिक दल हुन् या नागरिक समाज नै किन नहोस् सबैबाट प्रशंसा नै बटुल्यो, बरु अलि ढिला भएको गुनासो चाहिं सुनियो ।
सरकारले गरेको आह्वानलाई राजधानी लगायत अधिकांश शहरी क्षेत्रले साथ र समर्थन ग¥यो । काठमाडौंबासीले सरकारी आग्रहको पूर्णसमर्थन गरेको देखियो । तर पूर्वी तराई र पश्चिम तराईका केही स्थानमा भने मानिसले बाध्यता वा अज्ञानतावश लकडाउन नेपालको मर्म बुझेको देखिएन ।
पूर्वी तराईको सप्तरी र सिरहामा लकडाउनलाई मानिसले खेलाँची सझिएको जस्तो देखियो । सरकारी आग्रह विपरित सिराहाको लाहान र सप्तरीको राजविराज लगायत धेरै स्थानमा मानिस बग्रेल्ती सडकमा देखिए । लाहानमा त गुद्रीहाट नै लगाइयो । त्यसलाई तितरबितर पार्न सुरक्षाकर्मी नै खटाइयो । यो अवस्थाले हामीमा कोराेनाको वास्तविक कहर नै थाहा नभएको प्रतीत भएको छ ।
भारतमा थामिनसक्नु भईसकेको यो महामारी नेपालमा भित्र्याउने प्रमुख सम्भावना नै त्यहाँबाट फर्केका हामी नै हौं भन्ने कुराको हेक्का राख्न नसक्दाको संभावित जोखिम हामीले नै चरमचुलीमा पु¥याएका छौं । त्यसको प्रभाव अबका केही दिनमा देखापर्न सक्छ । त्यसैले यस्ता गल्ती दोहो¥याउने छुट हामी कसैलाई छैन । एकजनाको लापरवाहीले सयौं मानिसको ज्यान जोखिममा पर्नसक्ने अवस्था रहन्छ । त्यसैले यो गल्ती सच्याएर जानुको विकल्प छैन ।
उता, पश्चिम नेपालमा अवस्थित भारतसँगको नाका दिनभरी नै तनावग्रस्त भएको थियो । भारतबाट नेपाल फर्किएका सयौं नेपाली सीमावर्ती क्षेत्रमा अलपत्र परे । आफ्नै देश आउन नपाउने भन्दै नाराबाजी लगाइयो । तर लकडाउनको मर्म र भावना भने बुझेको देखिएन । यस्तो अवस्थामा हामीले एकबाट अर्कामा सहजै सर्ने विचित्रको कोरना भाइरसको चरित्र नबुझेकाले नै सायद यस्तो फसाद आइलागेको हो ।
यसैगरी हिजो नेपालगञ्ज नाकाबाट जवर्जस्ती नेपाल छिरेका सयौं नेपालीले राति नै क्वारेन्टाइनबाट भागेर भाइरससमेत सँगै लग्ने संभावनालाई बढावा दिएका छन् । भारतमा थामिनसक्नु भईसकेको यो महामारी नेपालमा भित्र्याउने प्रमुख सम्भावना नै त्यहाँबाट फर्केका हामी नै हौं भन्ने कुराको हेक्का राख्न नसक्दाको संभावित जोखिम हामीले नै चरमचुलीमा पु¥याएका छौं । त्यसको प्रभाव अबका केही दिनमा देखापर्न सक्छ । त्यसैले यस्ता गल्ती दोहो¥याउने छुट हामी कसैलाई छैन । एकजनाको लापरवाहीले सयौं मानिसको ज्यान जोखिममा पर्नसक्ने अवस्था रहन्छ । त्यसैले यो गल्ती सच्याएर जानुको विकल्प छैन ।
सरकार अलि कडा रुपमै प्रस्तुत हुनुपर्छ भन्ने सन्देश दिनसमेत यी घटना महत्वपूर्ण छन् । सरकारको जिम्मेवारी सारा नेपालीको सुरक्षा गर्नु नै मुख्य हो । त्यसैले यस्ता अराजक गतिविधिलाई छुट दिन सक्ने छुट सरकारलाई समेत छैन । तत्कालै कडा ढंगले प्रस्तुत हुन सरकारले दवाव बढाउनै पर्छ । त्यसका लागि कर्फ्यू नै उपयुक्त उपाय हो । नत्र कोरोना प्रकोप थामिनसक्नु हुनसक्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार