‘लकडाउन’ पछिका २६ तस्वीर हेर्नुस
नेपालबहस संवाददाता
चैत ११, २०७६ बुधबार १:२१:३७
११ चैत्र, काठमाडौं । सरकारले देशैभर गरेको लकडाउनका कारण मंगलबार बिहानैबाट मुख्य बजार क्षेत्र सुनसान बनेका छन् । कुन ठाउँमा कस्तो रह्यो लकडाउनको अवस्था भनेर हामीले तस्वीरमार्फत देखाएका छौं ।
शुरुमा लागौं लुम्बिनीमा, सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा यतिबेला सुनसान छ । बिहानैदेखि भीडभाड हुने यहाँका मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डी, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । यहाँका सडकमा कुनैपनि सवारिसाधन चलेका छैनन् ।
नेपाल–भारत सीमा सुनौलीदेखि तीन किलोमिटर दूरीमा रहेको भैरहवामा लकडाउनलाई स्थानीयहरुले पूर्णपालना गर्दै आ–आफ्नो घरभित्र बसिरहेका छन् । नोभल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले घोषणाा गरेको लकडाउन अनुसार यतिबेला भैरहवामा मान्छेहरु कहि कतैपनि देखिएका छैनन् ।
विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण न्यूनीकरण गर्न सरकारले मङ्गलबारदेखि गरेको ‘लकडाउन’ पछि नागढुङ्गा भई काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनलाई कडाइ गर्दै सुरक्षाकर्मी ।
गजुरी बजारको सुनसान दृश्य काठमाडौँ- विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङ्गलबारदेखि गरेको ‘लकडाउन’ पछि पृथ्वी राजमार्गको गजुरी बजारको सुनसान दृश्य ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउनपछि पृथ्वी राजमार्गको सुनसान मलेखु बजार क्षेत्र ।
विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण न्यूनीकरण गर्न सरकारले मङ्गलबारदेखि गरेको ‘लक डाउन’ का कारण सुनसान कलङ्कीबाट उपत्यका बाहिर जाने सडक क्षेत्र ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङ्गलबारदेखि गरेको ‘लक डाउन’ का कारण सुुनसान कलङ्कीदेखि स्वयम्भूसम्मको सडक क्षेत्र ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङ्गलबारदेखि गरेको ‘लक डाउन’ का कारण सुुनसान पृथ्वी राजमार्ग, मनकामना केवलकार स्टेशन बजार क्षेत्र ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको सङ्क्रमणका कारण सरकारले मङ्गलबारबाट गरिएको लकडाउनका कारण सुनसान भएको सिंहदरबारको तस्वीर खिच्दै मित्रराष्ट्र चीनका पत्रकार ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड-१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउनका कारण सुनसान न्यूरोड सडक ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन सधैं भरिभराउ हुने जनकपुरस्थित जानकी मन्दिर सुनसान देखिएको अवस्था ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन बिहान केहीबेर जनकपुरमा छिटपुट रुपमा सञ्चालनमा रहेका मोटरसाइकल प्रहरीले राेकेकाे छ। जनकपुरको जिरोमाइलबाट प्रहरीले पचास भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जनालाई पक्राउसमेत गरेकाे छ ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लकडाउन गरेपछि मङ्गलबार सुनसान बनेको अरनिको राजमार्गस्थित बनेपा चारदोबाटो चोक ।
सरकारले लकडाउन गरेसँगै चरिकोट बजार सुनसान बनेको छ । अतिआवश्यक सवारी बाहेक सामान्य हिडडुल गर्नसमेत प्रशासनले रोक लगाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लकडाउन गरेपनि अटेर गरी चलाउने सवारी साधनलाई रोक्न मङ्गलबार बिहान अरनिको राजमार्गस्थित बनेपा पुलबजारमा डिभाइडर राखेर सडक बन्द गर्दै प्रहरी ।
सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन गरेपछि काठमाडौँको तीनकुने गौशाला क्षेत्रको सुनसान सडक ।
सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन गरेपछि सडकमा अनुमतिपत्र नलिई गुडेका सवारी साधनलाई चेकिङ्ग गर्दे ट्राफिक प्रहरी ।
सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन गरेपछि सुनसान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ।
सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन गरेपछि सुनसान काठमाडौँको कोटेश्वर चोक ।
सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन गरेपछि सुनसान काठमाडौँ र भक्तपुरको जोड्ने जडिबुटी चोक ।
पोखरा महानगरपालिका–६ बाट सराङकोटको तल्लो भेगमा देखिएको फेवाताल र पोखरा शहर । कोरोना सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि यतिबेला शहर सुनसान भएको छ भने शहरका मान्छे गाउँतिर गएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि सर्वसाधारणलाई माइकबाट घरबाहिर नआउन आग्रह गर्दै नेपाल प्रहरी । सातवटा स्थानीय तहमा माइकबाट घरबाहिर नआउन आग्रह गरिएको छ ।
तस्वीर : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
मौसमको प्रतिकूलताले आन्तरिक उडान प्रभावित [ फोटो फिचर ]
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार