सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्न बिहान र साँझ खाद्यान्न पसल खुला रहने
नेपालबहस संवाददाता
चैत ११, २०७६ बुधबार १:५७:४३
११ चैत, तनहुँ । तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ । विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्ला रहने निर्णय गरेको हो ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिएकका छन् । “समितिले निर्धारण गरेको समय बाहेक अरु समयमा खाद्यान्न पसल बन्द रहने उनले बताएका छन् ।
बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन)को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताएका छन्। कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थि तगर्नका लागि जनस्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीलाई फोकल पर्सन तोकिएको छ ।
सो भाइरस सम्बन्धी जानकारी लिनुपरेमा जिल्लाका विभिन्न अस्पतालका प्रमुखहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ ९८४१२९५९६४, दमौली अस्पतालका डा। सुनिल पौडेल ९८४१४६१५९५, डा। रामहरि दाहाल ९८६०३९७३५१, डा. विवश ढकाल ९८६२९२३७८०, डा. शान्ति पोख्रेल ९८४६२६३८६१, खैरेनीटार स्वास्थ्य चौकीका डा. इला थापा ९८४६३९६७५२ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।
यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र भीमादका डा। प्रकाश नेपाली ९८४५५४५४८४, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिहीका डा. सुमन प्रधान ९८६४४४२९३७, नगरस्तरीय अस्पताल कालीमाटीका डा। हेमराज पौडेल ९८४९७११९५२ र बन्दीपुर अस्पतालका डा. डिबी क्षेत्री ९८५२०३१०५२ नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार