९२ नेपाली जमुनाबाट नेपाल प्रवेश, जोखिम बढेको भन्दै स्थानीयवासी आक्रोशित
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १७:१२:५३
१२ चैत, बाँके । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन भएपनि बाँकेमा भारतबाट नेपालतर्फ आउने नेपालीहरुको क्रम रोकिएको छैन । नेपाल सरकारले नेपालभर ‘लकडाउन’ लागू गरेपनि भारतका विभिन्न सहरहरुबाट नेपालतर्फ आउने नेपालीहरु अझैं रोकिएका छैनन् । मंगलबार मात्र ९२ नेपालीहरु जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन ।
अध्ययन तथा रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपालीहरुलाई भारतीय प्रहरीकै सक्रियतामा सीमा नाकासम्म पु¥याउने गरिएको छ । जसले गर्दा नेपालतर्फ कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा नाकामा रहेको नेपालीहरुको उद्धार गरिने बताएका छन् ।
होम क्वारेन्टाइनमा बस्ने शर्तका साथ उद्धार गरिएका हरेक नागरिकलाई उनीहरुकै गृहजिल्ला पु¥याउने तयारी भइरहेको उनले बताएका छन्। नाकाबाट नेपाल प्रवेश गरेकाहरुलाई बसमार्फत सिधै उनीहरुको घर लैजाने र त्यहाँको स्थानीय प्रशासनको रेखदेखमा होम क्वारेन्टाइनमा राख्नका लागि अनुरोध गरिने खड्काले बताएका छन् ।
सोमबारमात्र ५०० भन्दा बढी नेपालीहरुलाई सिमानाकाबाट उद्धार गरिएको थियो । उद्धार गरिएकाहरु नेपालगञ्जस्थित महेन्द्र क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनबाट भागेका थिए । भारतबाट असुरक्षितरुपमा आएका नेपालीहरु क्वारेन्टाइनबाट भागेपछि सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार