आदेश उल्लङ्घन गर्ने ८० सवारी साधन नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १८:१:३६
१२ चैत, तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिएका छन् । लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अधिकारीले भने, “जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।” अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार