सरकार र नागरिकको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १८:२३:१९
१२ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने जनाएको छ । विश्वका सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनाबद्ध र अनुशासित ढङ्गले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सो सङ्गठनले सफलता हासिलका लागि राज्य र नागरिकको सहकार्य अत्यावश्यक भएकामा जोड दिएको छ ।
सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट नागरिकका लागि अत्यावश्यक वस्तुको आपूर्ति र स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको आग्रह नागरिकको सुरक्षाका लागि नै भएको स्पष्ट गरेको छ । “सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
यसतर्फ सचेत रहन हामी अपिल गर्दछौँ । बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो”, विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार