मेलम्ची आयोजनाबाट सञ्चालित सबै योजनाका ठप्प
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १९:१५:१०
१२ चैत, सिन्धुपाल्चोक । मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । देशभर लकडाउन भएपछि आयोजनामा भइरहेको सबै काम रोकिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।
एक साताअघि मात्रै खानेपानीमन्त्री विना मगरको उपस्थितिमा आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । आगामी बडादशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजनानुसार तीव्र गतिमा काम भइरहे पनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताएका छन् । आयोजनास्थलमा काम गर्ने स्थानीय मजदूर घर फर्के पनि विदेशी मजदूर भने आयोजनास्थलमा नै सुरक्षितसँग बसिरहेको खत्रीले बताए ।
कोरोनाका कारण जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनादेखि अन्य सबै निर्माणका काम रोकिएका छन् । एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पनि सबै रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिएका छन् । त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र सङ्घबाट सञ्चालित विभिन्न विकासनिर्माणका काम पनि रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार