कन्टेनरमा लुकी आउँदै गरेका ५२ जना नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १९:२६:५१
१२ चैत्र, पर्सा । लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई बोकी आउँदै गएको ना५ख ९५५२ नंको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, भरतपुर, हेटौँडालगायतका स्थानमा रही काम गर्दै आएका बारा पर्सा जिल्लाका बासिन्दालाई ४० फिटे कन्टेनरभित्र लुकाइछिपाइ ल्याउँदै गएको अवस्थामा वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। उनले प्रहरी नियन्त्रणमा रहेका व्यक्ति तथा कन्टेनरलाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकको निर्देशनमा अगाडिको कारवाही बढाइने जानकारी दिए ।
नेपाल सरकारले लागू गरेको लकडाउनको अवज्ञान गर्नेलाई स्थानीय प्रशासनले कारवाही गर्न थालेपछि वीरगञ्जमा अनुमतिबिना सडकमा घुमफिर गर्नेको सङ्ख्या घटेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न सरकारले चैत १८ गतेसम्मका लागि घोषणा गरेको लकडाउनको पहिलो दिन वीरगञ्जमा १५० जनाभन्दा बढीलाई प्रहरीले कारवाही गरेपछि आज बिहानदेखि यहाँका सडक सुनसान देखिएका छन् ।
औषधिलगायतका अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगमा काम गर्ने कर्मचारी, चिकित्सक तथा महानगरपालिकाका सरसफाइ कर्मचारी मात्र सडकमा आवतजावत गरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
कात्तिक २१, २०८१ बुधबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार