नगरपालिकाले विदेशबाट फर्किएकाको विवरण सङ्कलन गर्दै
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २०:११:४१
१२ चैत, तनहुँ । शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।
शुक्लागण्डकी नगरपालिकामा गठित दु्रत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फर्किएका उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको जानकारी दिएका छन् । श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै सङ्ख्यामा विदेशबाट फर्किएको पाइएकोले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
उनका अनुसार भारतको गुजरातबाट आएका एक, दुवईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एक जना होम क्वारेन्टाइनमा बसेका छन् । “विदेशबाट फर्किएको हुनाले कोभिड–१९ को सङ्क्रमण हुन सक्ने भएकाले उनीहरुलाई सम्पर्क गरेर होम क्वारेन्टाइनमा बस्न सुझाव दियौ,” उनले भने, । विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ ।
यता व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ । व्यास नगरपालिका–१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरु आएको सम्बन्धित वडाका अध्यक्षहरुले जानकारी दिनुभएको छ । व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुवईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिएका छन् ।
नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत् विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार