‘लकडाउन’ उल्लङ्घन गर्ने ५६ सवारी साधन नियन्त्रणमा

नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २०:३५:५४

१२ चैत, काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले देशभर लकडाउन गरेका बेला त्यसको अवज्ञा गर्दै सञ्चालन गरेका ५६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा लकडाउनका बेलामा चलाइएको एक बस, एक मिनीट्रक र ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
अत्यावश्यक अवस्थामा सञ्चालन हुने सवारी साधन जरुरी काम परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर चलाउने र सेवाकै सिलसिलामा चल्ने सरकारी गाडीबाहेक अरुलाई चल्न नदिएको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । उनले जिल्लाका विभिन्न स्थानमा त्यसरी उल्लङ्घन गरी हिँड्ने र सवारी चलाउने गरेको पाइएका कारण अनुगमनसमेत गरिरहेको बताएका छन् ।
सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन मङ्गलबार राति करीब ८ः३० बजेको समयमा मण्डनदेउपुर नगरपालिका–९ रानिटारस्थित हेलम्बु राजमार्ग सडकखण्डमा हिगुवापाटीबाट पाँचखालतर्फ जाँदै गरेको बा२२प ९४३० नंको मोटरसाइकलले दुई जना पैदल यात्रीलाई ठक्कर दिएर घाइते बनाएको छ ।
मोटरसाइकलको ठक्करबाट रोल्पा रुम्तिगढी नगपालिका–१ बस्ने १९ वर्षीय रवि कुँवर र सोही ठाउँका १९ वर्षीय सरोज घर्तीमगर घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।कुँवरको दाहिने खुट्टामा चोट लागेको छ भने मगरको घुँडामा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले जिल्लाका विभिन्न स्थानमा लकडाउनको निरीक्षण गरिरहेको बताए । “यस्तो अवस्थामा हामीले अनुरोध गर्ने हो, नागरिक आफैँ पनि सचेत हुन आवश्यक छ ।” उनले भने, “अत्यावश्यकबाहेकका अन्य सवारी साधन चल्न दिएका छैनौ, त्यसका लागि हामी आफै जिल्लाका विभिन्न स्थानमा गएर निरीक्षण गरिरहेका छौँ ।” हिजोको भन्दा आज निकै सुनसान भएको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार